चुनाव जित्न मात्र हैन, ओलीको निरंकुशता र स्वच्छाचारिता उत्कर्षमा पुगेर संविधानमा धावा बोलेपछि गठबन्धन गर्नुपर्यो : शहरी विकास मन्त्री मेटमणी चौधरी

 संवाददाता    २०७९, ७ कार्तिक सोमबार ०८:४६     78 जनाले पढ़िसके



Spread the love

दाङ,
सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् ।
सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले आइतबार सो धारणा राखेका हुन् ।
नेपालको इतिहासमा बाम लोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै मन्त्री चौधरी भने, ‘राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरु एक ठाँउमा आउने क्रम सुरु भएको हो । बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौँ । त्यसपछि ०६२÷६३ सालमा फेरि हामीहरु एक ठाँउमा आइपुग्यौँ । केपी ओलीको निरंकुशता र स्वच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि फेरि एक पटक हामीहरु एक ढिक्का भएका छौँ । त्यसकारण सबैले बुझ्न जरुरी छ कि चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन ।’
एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरु आत्तिन थालेको मन्त्री चौधरीको भनाई थियो ।
उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का र समानुपातिक उम्मेदवार लक्ष्मी चौधरीले समेत गठबन्धनका पक्षमा संक्षिप्त मन्तव्य राखेका थिए ।