क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय स्रोतले बतायो ।प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सरकारी वकिल कार्यालयले जानकारी दियो। आइतबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।