संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरे : शहरी विकास मन्त्री मेटमणी चौधरी

 संवाददाता    २०७९, २ कार्तिक बुधबार २०:३५     102 जनाले पढ़िसके



Spread the love

देउखुरी,
एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् ।
एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेसी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सिमान्तकृत जातजातीलाई समावेसी प्रणाली मार्फत् राज्यले उनीहरुको उपस्थितिको सुनिस्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षिय प्रावधान हामीले संविधानमा राख्यौँ । देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आसा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरि रह्यो । तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन ।’
मन्त्री चाधरीले आफ्नै कारण मुलुकभर खरको छानो मुक्त गर्ने अभियान चलिरहेको बताउँदै भने, ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको ब्यवस्था भएको छ । अब राप्ती कोरिडोर आयोजनाको डिपिआर हुने छ । राप्तीको श्रीनारायण चोक देखि ५५ किलोमिटरमा स्वर्गद्धारी जोडिने बाटोको काम सुरु हुनेछ । त्यस्तै बनगाउँ चोकदेखि स्वर्गद्धारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ । दाङका प्रमुख सहरहरु जोड्नेगरि पोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ ।’
एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, समानुपातिक उम्मदवार द्धय मिना गुरुङ, शिल्पा चौधरी, केन्द्रीय परिषद सदस्य रामप्रसाद गैरे, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, सचिव डिल्ली डाँगी, गणेश चौधरी लगायतले कार्यकर्ताहरुलाई चुनावी तयारी तिव्र पार्न निर्देशन दिएका थिए ।