३० दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अल्टिमेटम, ‘नगरे व्यवसाय बन्द गराउने’

 संवाददाता    २०७९, २ कार्तिक बुधबार १०:५८     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं। काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई कडाइ गर्ने भएको छ।

महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको छ। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ।

‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ सूचनामा उल्लेख छ।

यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ।

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथ व्यापारमा कडाई गर्दै अनौपचारिक व्यापारमा बन्देज लगाइरहेको छ।