सत्यमोहन जोशीको योगदान, क्रियाशीलताको सरकार र जनताले उच्च सम्मान गरिरहनेछन्: प्रचण्ड

 संवाददाता    २०७९, ३० आश्विन आईतवार ०९:५५     97 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।

जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो। उनी विगत २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत थिए।

प्रचण्डले आज विज्ञप्ति जारी गर्दै जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।

उनले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान उत्प्रेरणाको स्रोत बनेर रहने बताए।