बालुवाटारको गठबन्धनको सबै बैठक खर्च काँग्रेसले व्यहोर्ने

 संवाददाता    २०७९, २९ आश्विन शनिबार ११:१६     112 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको सत्ता गठबन्धनको बैठकमा भएको हालसम्मको सबै खर्च व्यहोर्ने निर्णय गरेको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठक नियमित रुपमा लामो समयदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको छ । सोही बैठकमा भएको सम्पूर्ण खर्च नेपाली काँग्रेसले व्यहोर्ने निर्णय गरिएको हो ।