एकीकृत समाजवादीका गुरुङको रिटमाथि सुनुवाइ हुँदै

 संवाददाता    २०७९, २८ आश्विन शुक्रबार ११:४१     275 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिट पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा उक्त रिट अन्तिम नम्बर (च)मा पेसी चढेको हो।

उक्त रिटमाथि सुनुवाइ शुक्रबार हुने पनि बताइएको छ । रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गरेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि गुरुङले मनोनयन खारेजीविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ‘हाम्रो नेपाली पार्टी’का तर्फबाट उम्मेदवारी दर्ता गरेका डा. कमल भुसाल (निकोलस)को पनि उम्मेदवारी आयोगले खारेज गरिदिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेलको पनि उम्मेदवारी परेको छ ।