काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनता समाजवादीका पार्टी (जसपा)का मन्त्रीहरूलाई पदमुक्त गरेको छ।
राष्ट्रपति भण्डारीले जसपाका मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई संविधानको धारा ७७ को उपधारा (२)को खण्ड ख बमोजिम पदमुक्त गरेको राष्ट्रपती कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
चारवटै मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्नेछन्। त्यस्तै कानुन मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीलाई दिइएको छ। कानुनमन्त्री गोविन्द बन्दीले भने समयावधि सकिएपछि राजीनामा दिएका थिए।