काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक भएकाे डाक्टरले बताएका छन् । उनको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न डाक्टरका अनुसार जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताए। लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उनलाई डेङ्गी समेत भएको छ ।
१७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फेरि समस्या बढ्दै गएको अस्पतालले जनाएको छ। 