सर्लाही क्षेत्र नं ३ क को प्रदेश सभा निर्वाचनमा डिल्ली र गणेशको भिडन्त

 संवाददाता    २०७९, २३ आश्विन आईतवार १८:५९     288 जनाले पढ़िसके



Spread the love

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि गठबन्धनले हालै माओवादी प्रवेश गरेका यस भन्दा अघि २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेर राम्रै मत ल्याएका व्यक्ती नरेन्द्र साहलाई अघि सारेर उनैले उम्मेदवारी दिएका छन । यस्तै उनका विरुद्ध एमालेले भने पुर्व संविधान सभा सदस्य हरि उप्रेतीलाई अघि सारेर उनले उम्मेदवारी दर्ता गरेका छन। यस्तै क्षेत्र नं ३ कै प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिने क्रममा गठबन्धनका तर्फ बाट नेकपा समाजवादीका पहिला पनि प्रदेश सभा सदस्य भइसकेका नेता डिल्ली उप्रेतीले मनोनयन दर्ता गरेका छन। यस्तै उनका विरुद्द नेकपा एमालेले भने हरिवन नगरपालिकाका पुर्व मेयर गणेश प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन। उनी गत स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर नेकपा माओवादीका उम्मेद्वार कमल बुढाथोकीसंग पराजित भएका थिए। यस्तै क्षेत्र नं ३ ख प्रदेश सभाको लागि गठबन्धनबाट हरेस महतो तथा एमाले संगको गठबन्धनबाट जसपाका उम्मेद्वार संजय यादवले मनोनयन दर्ता गराएका छन। यस्तै गणेश प्रसाईले प्रदेश क को टिकट पाएपछी असन्तुष्ट बनेकी टिकटको आकांक्षी तथा हरिवनकी पुर्व उपमेयर रेणुका पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिने भनिएको थियो यद्यपि उनले उम्मेदवारी दिए नदिएको आधिकारिक जानकारी आउन बांकी नै रहेको छ।