काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरु भएको छ। आज बिहान १० बजेदेखि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा मनोनय शुरु भएको हो।
आयोगले आज अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।उम्मेदवारी दर्ता गर्न उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ। दलहरूले टिकट वितरणमा ढिलाई गरेका कारण तथा लगातारको बाढी पहिरोले गर्दा अधिकांश दुर्गम जिल्लाका उम्मेदवार जिल्ला पुग्न सकेका छैनन्।