काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दशैंको टीका लगाएका छन् ।
झापामा पारिवारिक टीका लगाएर ओली काठमाडौं आएका हुन् । पत्नी राधिका र केही एमालेका नेतासहित शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् ।त्यसअघि राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टलाई दशैंको टीका लगाइदिएकी थिइन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायत पनि राष्ट्रपतिसँग टीका लगाउन शीतल निवास पुगेका थिए ।