बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

 संवाददाता    २०७९, १३ आश्विन बिहीबार २०:१४     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

पाण्डेका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन ।

उहाँको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरु आज बिहान काठमाडौं फर्किएका छन। आजै मनमायाको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए ।

मनमायाका पाँच छोरा र तीन छोरी रहेका छन् ।