काठमाडौं, पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक जारी रहेको जनता समाजवादी पार्टीका नेता मनीष सुमनले जानकारी दिए।
बैठकमा कार्यदलका सदस्यहरु नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुन, गिरीराजमणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी छन ।
निर्वाचन आयोगको असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने कार्यतालिका छ । गठबन्धनका नेताहरुले हालसम्म ८० प्रतिशत सिटमा सहमति जुटेको बताउँदै आएका छन् ।