काठमाडौं । विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुने भएको छ ।
मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले घोषणा सभा बुधबार मध्याह्न साढे १२ बजे राष्ट्रिय सभागृहमा हुने जानकारी दिए । श्रेष्ठले य सामाजिक सन्जालमार्फत् जानकारी दिएका हुन् ।यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेदका कारण विवादित भएका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो ।
पार्टीको विवाद साम्य नहुँदै मिश्रले केही समयअघि पार्टी परित्याग गरेर राप्रप्रासँग छलफल चलाएका थिए । राप्रपामा वरीयता क्रममा कुरा मिलेपछि उनी समाहित हुन लागेका हुन् । उनलाई पहिले देखिनी राजवादीको ट्याग लाग्दै आएको थियो अन्तमा उनले राजावादी पार्टी प्रवेश गरेर ती सबै अनुमानहरुलाई सहि साबित गरिदिएका छन।