नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी दायर भएको रिट फुँयालको इजलासमा

 संवाददाता    २०७९, ९ आश्विन आईतवार ११:२८     97 जनाले पढ़िसके



Spread the love

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको रिट निवेदन आइतवारका लागि न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो ।

अधिवक्ता सुनिल रंजन सिंह,सागर बराल, सुनिल कुमार यादव सहितका रिट निवेदकहरूले ५ वटा रिट निवेदन दर्ता गराएका छन् ।

रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।