दलका प्रमुख र निर्वाचन आयोगविच आज छलफल

 संवाददाता    २०७९, ९ आश्विन आईतवार ०६:३२     197 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतवार छलफल गर्दै छ।सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग आयोगले अन्तर्क्रिया गर्न लागेको हो ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगको भनाइ छ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

आयोगले आचारसंहितामा प्रतिबद्धता लिन दलहरूलाई छलफलका लागि बोलाएको हो ।