जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो।
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौंले नागरिक गैर नागरिक बन्नु पर्ने भन्दै जसपाका कार्यकर्ताहरुले भानु चोकमा नाराबाजी गरेका हुन्।
ओली आज जनकपुरदेखि कुर्थासम्म रेल चढ्न पुगेका हुन्। उनले नेपालीलाई रेल सपना देखाएर चुनावी मुद्दा बनाएको लगभग ८ वर्ष भैसक्यो सायद अब आउने चुनावी स्टन्टको लागि उनी रेल हामीले ल्यायौं भन्न पनि उनी यस पटक रेल चढ्न गएको धेरैको अनुमान छ।