शहरी विकास मन्त्रीले गरे धोवीखोला करिडोरको अनुगमन

 संवाददाता    २०७९, ८ आश्विन शनिबार १२:०१     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं /शहरी विकासमन्त्री मेटमणी चौधरीले शनिवार बिहान धोवीखोला करिडोरको अनुगमन गरेका छन् ।मर्निङवाकको समयमा अनुगमनका लागि निस्किएका मन्त्री चौधरीले स्थानियसंग कुरा गर्दै फुटपाथ सर्वसाधारणका लागि भएको भन्दै खाली गरिदिन आग्रह गरे ।

साथै उनले फुटपाथमा सामान नराखिदिन र पार्किङ नगरिदिन सर्वसाधारणसंग आग्रह गरेको प्रेस सल्लाहकार सूर्य बिसीले जानकारी दिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा बनेका अवैध संरचनामा डोजर चलाएपछि भुमाफियाद्धारा अतिक्रमित जमिन खाली गराउने अभियान सुरु भएको छ ।
शुक्रबार मात्रै अक्सिडेण्टल पब्लिक स्कुलले हडपेको सरकारी जमिनमा महानगरले डोजर लगाएको थियो ।