रुकुम पूर्व बस दुर्घटना : ५ जनाकाे ज्यान गयाे, घाइते ४ जनालाई नेपालगञ्ज पठाइयाे

 #दुर्घटना     २०७९, ६ आश्विन बिहीबार १८:२९     97 जनाले पढ़िसके



Spread the love

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ ।

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस आज बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा रुकुम पूर्वको भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, चालक रामेछापका लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उहाँका दुई वर्षका छोरा सिजन रहेका छन् ।

यस्तै घाइते १२ जनामध्ये चार जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।