राष्ट्रपतिविरुद्ध अदालत जानेबारे सल्लाह गर्दैछौं : प्रचण्ड

 #माओवादी     २०७९, ५ आश्विन बुधबार १८:०९     107 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको बताएका छन्।

राष्ट्रपति भण्डारीले राती १२ बजे नै विधेयक प्रमाणीकरण गर्नपर्ने भएपनि नगरेको भन्दै उनले संविधानविरोधी काम गरेको प्रचण्डले बताए।

‘संविधानको व्यवस्था अनुसार हिजो राती १२बजे प्रमाणीत गर्नुपथ्र्यो। तर उहाँले संविधान मिचेर प्रमाणीत नगर्ने काम गर्नुभयो र त्यही विषयमा हामी छलफल गर्यौं,’ प्रचण्डले राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘भर्खरै हामीले एउटा वक्रव्य निकालेर संविधानविरोधी छ भनेका छौं। यो गलत छ भनेर हामीले वक्तव्य निकालेका छौं।’

त्यसको विरुद्धमा आजैबाट सडक आन्दोलन सुरु भएको पनि प्रचण्डले बताए।

‘आजैदेखि त्यसका विरुद्ध सडकमा पनि विद्यार्थीहरु, युवाहरु आन्दोलित हुँदैछन्। अहिलेदेखि नै सुरु भइसकेको छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘हामीले सँगसँगै यो कुरालाई लिएर संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानको व्यवस्थाले नै अदालतलाई दिएको हुनाले अदालततिर जाने भनेर हामी अधिवक्ताहरुसँग सल्लाह गर्दैछौँ।’