गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

 #अपराध     २०७९, ४ आश्विन मंगलवार २२:००     231 जनाले पढ़िसके



Spread the love

काठमाडौं– गोठाटारमा भएको गोली काण्डको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ। काठमाडौंको गोठाटारमा सोमबार साँझ भएको गोली प्रहारबाट लाल मोहम्मदको मृत्यु भएको थियो।उक्त घटना छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार समितिमा भट्टराईसँगै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी दुर्गा दाहाल र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर गजेन्द्र रावल सदस्य छन्।सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि अज्ञात समूहले गोली प्रहार गरी मोहम्मदको हत्या गरेको थियो।