काठमाडौँ- संघीय संसद्को दुवै सदनको चालू अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।
संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रिय सभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रिय सभाद्वारा जारी सूचना पत्रमा उल्लेख छ ।नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।