पाँच वर्षे कार्यकालको अन्तिम दिन आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

 #प्रतिनिधी सभा वैठक प्रधानमन्त्री     २०७९, १ आश्विन शनिबार १२:५२     114 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्ले शनिबार राति मध्यरातदेखि प्रतिनिधिसभाको चालु ११ औं अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ भने शनिबारको बैठक ०७४ मा निर्वाचित प्रतिनिधिको पाँच वर्षे कार्यकालकै अन्तिम बैठक हो ।

संसद् सचिवालयकाअनुसार शनिबारको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् विपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाएको छ । बैठक अहिले दिउँसो १ बजे बस्दैछ ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार त्यसका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेश गर्ने कार्यक्रम राखेको छ । सरकारले बन्द सूची पेश हुनुभन्दा अगावै संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।