यस्ता छन हिजोको मन्त्रीपरिषदका १५ निर्णय

 संवाददाता    २०७९, २८ भाद्र मंगलवार १६:०७     85 जनाले पढ़िसके



Spread the love

हिजो बसेको क्याबिनेट बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ उपरीक्षक विष्टलाई बढुवा गरिएको जानकारी दिए ।

साथै, उनले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न र पोष्टबहादुर बोगटीको बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन क्याबिनेटले स्वीकृत दिएको बताएका छन ।

महालेखापरीक्षक टंकमणी शर्मा (दंगाल) नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरुको २४ औं महाधिवेशनमा सहभागिता जनाउन र बेरुजु फछ्यौट अनुगमनको सचिवालयमा आर्थिक वर्ष २०७९–८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत दिने निर्णय पनि भएको छ ।

त्यस्तै, विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अबै रुपैंया) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने जनाइएको छ ।

महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने क्याबिनेटको निर्णय छ ।

साथै, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने बताइएको छ ।

नेपाल र रोमानियाबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्नेलगायतका निर्णय हिजोको बैठकले गरेको छ ।