सरकारद्दारा राष्ट्रिय अनुसन्धान प्रमुखमा एआईजी हुतराज थापा नियुक्त

 संवाददाता    २०७९, २७ भाद्र सोमबार २२:४०     117 जनाले पढ़िसके



Spread the love

देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा हुतराज थापा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।

हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो।

थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए। उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन ।

उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए। त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ।