देउवा र दाहालको सन्देश लिएर डिना उपाध्याय मेरो क्वाटरमै आउनु भो: जबरा

 संवाददाता    २०७९, २६ भाद्र आईतवार २०:०६     90 जनाले पढ़िसके



Spread the love

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर आफू कहाँ आएको बताएका छन्।

प्रतिनिधि सभाको महाअभियोग सिफारिश समितिमा भदौ २६ गते बयान दिने क्रममा निलम्बिधत प्रधानन्यायाधीश जबराले यस्तो धारणा राखेका हुन्। चौथो दिनको बयान दिंदै उनले भने, “शीर्ष नेताहरूले सहजीकरण गर्नुस्, महाअभियोग फिर्ता गर्छौं भनेका थिए। एक-डेढ महीना तपाईं गर्नुस्, त्यसपछि दीपक (न्यायाधीश दीपककुमार कार्की) लाई दिनुस् भनेका थिए।”

जबराले शीर्ष नेताको नाम उल्लेख गर्न चाहेनन्। उनले भने, “न्यायालय त बिगारे बिगारे राजनीति ध्वस्त नहोस् भनेर म नाम चाहिं भन्न चाहन्न।”

समितिका सांसद्हरूले भने- “यति त भनीदिनै पर्ने भयो।”

त्यसपछि जबराले कांग्रेस सहमहामन्त्री उपाध्यायको नाम उल्लेख गरेका हुन्। “नेपाली कांग्रेस नेतृ डिना (महालक्ष्मी) उपाध्यायजी म शेरबहादुरजी र प्रचण्डजीलाई सल्लाह गरेर आएकी हुँ। हामी महाअभियोग फिर्ता लिन्छौं, तपाईंले मिलाएर राजीनामा गरिदिए हुन्थ्यो भन्न आउनु भएको थियो,” जबराले संसदीय समितिमा भने, “यो कुरा डिनाजीलाई सोध्दा पनि हुन्छ। उहाँ मेरो क्वाटारमा आउनु भएको थियो।”