सत्तारुढ गठबन्धनका दलहरुले आज पनि आगामि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सकेनन् । अब यो विषयमा भोलि सोमबार दिउँसो बैठक बसेर टुंगो लगाउने सहमति भएको छ ।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा यसका लागि बनेको कार्यदलको रिपोर्टिङ शीर्ष नेताहरुका लागि गरिएको थियो । तर, अझै केही विषयमा कुरा नमिलेकाले अन्तिम टुंगो लगाउन नसकिएको बताइएको छ ।
नमिलेका विषयहरुमा सहमति खोज्न कार्यदलको बैठक बस्ने र यसलाई सहमतिमा लैजाने तयारी गरिएको छ ।सत्ता गठबन्धनमा सबै दलहरुले बढी सिटको अपेक्षा गर्दा अहिलेसम्म कुन दललाई कति सिट छुट्याउने भन्ने सहमति हुन सकेको छैन । कांग्रेसले अझै पनि आफूलाई सय सिट चाहिने दाबी गरिरहेको छ ।