दूतावास पुगेर प्रधानमन्त्री देउवाद्वारा एलिजाबेथको निधनप्रति दुःख व्यक्त

 प्रधानमन्त्री     २०७९, २५ भाद्र शनिबार १२:५३     108 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरूले समवेदना व्यक्त गरेका छन् । नेपाल सरकारले पनि एलिजावेथको निधनमा शोक मनाउँदै राष्ट्रिय झन्डा ३ दिन सम्म आधा झुकाउने निर्णय गरेको छ।