काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन ।
प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दु:खित बनाएको बताएका छन’। उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उनले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।
ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भनेका छन।
महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो । फोटो : फाइल