भारतीय स्थल सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

 संवाददाता    २०७९, २३ भाद्र बिहीबार १९:२२     75 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पाँच दिने भ्रमणमा नेपाल आएका भारतीय सेनाका स्थल अध्यक्ष मनोज पाण्डे बिहीबार स्वदेश फर्किएका छन्। बलाधिकृत रथी बालकृष्ण कार्कीले पाण्डेलाई विदाइ गरेका थिए।

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी थिइन् । यस्तै नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट र पशुपतिको दर्शन पनि गरेका थिए ।