कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

 संवाददाता    २०७९, २३ भाद्र बिहीबार १८:४४     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। भदौ १२ गतेदेखि थुनामा रहेका अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि तारेखमा रिहा गरेको हो।

स्ट्यण्ड अप कमेडीमा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा उजुरी परेपछि अपूर्वलाई प्रहरीले समातेको थियो। कोरोना भाइरसबाट संक्रमित अपूर्व उपचारपछि फेरि उपस्थित हुने गरी रिहा भएका हुन्।

१२ गते समातिएका अपूर्वलाई अनुसन्धानका लागि शुरुमा १० दिन र गत बुधबार थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो। अपूर्व मंगलबार वीर अस्पताल भर्ना भएका थिए।