काठमाडौं महानगरपालिका वडा-८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरूलाई गरे आग्रह

 संवाददाता    २०७९, २३ भाद्र बिहीबार १८:२०     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिका वडा-८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरू आग्रह गरेका छन ।
काठमाडौं महानगर पालिकाले सुचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजबाट अव्यवस्थित संरचना हटाउन थालिएको हो ।
पटक पटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीहरूले नमाने पछि आफै फिल्डमा उत्रिनु परेको वडाअध्यक्ष आशामान संगतले बताए ।
उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउदैँ आईरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खालि गराउन सके सबै समस्याको समाधान हुने बताउनुभयो ।
पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लाने समेत संगतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू आजबाट बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए ।
अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आईरहेका व्यापारीहरूले चाडवाडको बिचमा रोजीरोटि गम्ने अवस्था आएकोले महानगर तथा वडाको सुचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् ।
केही गर्न खोज्दा एकपक्षलाई फाइदा तथा अर्को पक्षलाई घाटा हुने बताउदै उनिहरूले सबैको राम्रो हुने कामलाई साथ सहयोग गर्ने आग्रह समेत व्यक्त गरेका छन् । काठमाडौं महानगर पालिकाले हाल महानगर भित्र रहेका अवैध संरचनाहरू हटाउदैँ आइरहेको छ ।