काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले सय सिट नछाड्ने बताएका छन् । बिहीबार प्रेस युनियनले जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा गरेका हुन् ।
उनले आउँदो निर्वाचनको लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेको भन्दै कांग्रेसले आफ्नो दाबी नछाड्ने बताए । उनले कांग्रेसले सय सिट लिनै पर्ने बताउँदै यदि यस्तो नभए विद्रोह गर्न आफूहरु बाध्य भइने बताए ।
उनले भने – ‘सय सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ’ उनले थपे -‘सय सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्, सय भन्दा कम सिट भए विद्रोह हुन्छ ।’ गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्ने कोइरालाको भनाई छ । फोटो : फाईल