आफु निर्दाेष भएको सन्दीपको दाबी, लिग सकिनासाथ नेपाल आउने’

 संवाददाता    २०७९, २३ भाद्र बिहीबार ११:४०     102 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । नेपाली क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष रहेकाे बताएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपसँग क्यान निरन्तर सम्पर्कमा छ । क्यानका कार्यबहाक महासचिव प्रशान्तविक्रम मल्ल र सन्दीपबीच कुराकानी भएकाे थियाे । त्यसक्रममा सन्दीपले आफूमाथि लागेकाे बलात्कारकाे आराेप अस्वीकार गरेका छन् । मल्लले भने ‘ऊ सम्पर्कमै छ । आफूमाथि लागेकाे आराेपचाहिँ झुटाे हाे भनेकाे छ । आफू निर्दाेष भएकाे बताएकाे छ ।’

सन्दीपले क्यानलाई कानूनी सहजीकरणका लागि गुहारेका छन् । ‘म लिग सकेर नेपाल आउँछु,’ सन्दीपलाई उद्धृत गर्दै मल्लले भनेका छन् ।

सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्टइन्डिज पुगेका छन् । ३१ अगष्टबाट शुरू भएको सीपीएल १ अक्टोबरसम्म चल्नेछ । जमैका तल्लावाजमा अनुबन्धित सन्दीपले अहिलेसम्म टिमले खेलेका ३ वटा खेलमा प्लेईङ्ग ११ मा स्थान पाएका छैनन् । आज जारी म्याचमा पनि उनलाई टिमले बेञ्चमा राखेको छ ।

सन्दीपविरुद्ध प्रहरी वृत्त गाैशालामा एक १७ वर्षीय नाबालिकाले जाहेरी दिएकी छन् । उनले आफूमाथि सन्दीपद्वारा पटक-पटक बलात्कार भएकाे जाहेरीमा उल्लेख गरेकाे छ ।