काठमाडौं । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपमा पल शाहलाई साढे दुई वर्ष जेल र २५ हजार जरिवाना हुने सजाय तोकेको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई साढे दुई वर्ष जेल सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । बलात्कार अभियोगमा भने पलले सफाइ पाएका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो । तनहुँमा परेकाे उजुरीमा भने फैसला हुन बाँकी छ ।