सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

 संवाददाता    २०७९, २१ भाद्र मंगलवार १९:३५     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। परिषद्को मंगलबारको बैठकले उच्च अदालतका दुई न्यायाधीश र एक जना कानुन व्यवसायीको नाम सिफारिस गरेको परिषद् उच्च स्रोतले जनाएको छ। परिषद्ले वरीयताक्रममा पहिलो नम्बरमा रहेकी उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालत जनकपुरका विनोद शर्मा र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता डि एन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।