प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमात्रै भ्रष्टाचार रोक्न सकिन्छ : प्रचण्ड

 #माओवादी     २०७९, २१ भाद्र मंगलवार १६:५९     112 जनाले पढ़िसके



Spread the love

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशको आवश्यकताको अनुकूल नरहेको भन्दै यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ । त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ ।’

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद्को आयु लम्ब्याउनेतर्फ जान नहुने बताए । संसद्को आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने उनले बताए । फाइल तस्बिर