चोलेन्द्रको मानसिक स्वास्थ्य परीक्षण गर्न सांसद गजेन्द्र महतको माग

 #माओवादी     २०७९, २१ भाद्र मंगलवार १५:२९     125 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले महाअभियोग ऐन २०५९ को दफा ७ र ८ अनुसार विशेषज्ञ चिकित्सकबाट जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने बताए।

उनले जबरा न्यायालयको बोझ भइसकेको दाबीसमेत गरे।

महतले भने, ‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाअभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनीयताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौं वा आवेगमा आएर वा स्मरण शक्ति गुमाएर मर्यादा विपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गरेका छन्।’