सांसदको कार्यकाल मनोनयनसँगै समाप्त हुन्छ : गगन थापा

 #प्रतिनिधी सभा वैठक     २०७९, २१ भाद्र मंगलवार १५:२३     117 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल संसदभित्र र बाहिर चासोको विषय रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफललाई सम्बोधन गर्दै मनोनयन भएको दिनबाट कार्यकाल समाप्त हुने बताएका हुन्। उनले मनोनयनसँगै सांसदको पद/म्याद जाने, सकिने विषयलाई संशोधनमा आफूले राखेको बताए। उनले शान्त समयमा गर्नुपर्ने छलफल यतिबेला संसदमा ल्याउनुलाई सरकारले मौका गुमाएको अभिव्यक्ति दिए। थापाले सांसदले एक-दुई महिनाको पारिश्रमिक बुझ्न कार्यकाल लम्ब्याउन खोजिएको बुझाई भएकोसमेत बताए। यसैगरी संसदमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले ल्याएको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सम्बन्धि व्यवस्थालाई फिर्ता गर्न आह्वान गरेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानुनबाट सांसदको कार्यकाल लम्ब्याउने सरकारको प्रयास एमालेलाई मान्य नहुने स्पष्ट पारे । उनले मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार-हतार कानुनमै संशोधन गर्न खोजेको बताए।प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने सरकारको कदमप्रति निर्वाचन आयोगलेसमेत आपत्ति जनाएको छ। सरकारले नयाँ निर्वाचित भई पहिलो बैठक बसेको दिनदेखि अघिल्लो सभाको कार्यकाल सकिने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएपछि आयोगको ध्यानाकर्षण भएको हो।