नेता अमरेशकुमार सिंहमाथि अनुशासनको कारवाही, उनको क्षेत्रबाट सिफारिस भए गगन थापा

 काँग्रेस     २०७९, २० भाद्र सोमबार १८:०४     118 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारवाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही-४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमितिले अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ ।सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ । उपरोक्त सम्बन्धमा पार्टिको आधिकारिक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तघात र असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेशकुमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा.सरोजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।