पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

 संवाददाता    २०७९, २० भाद्र सोमबार ११:३३     113 जनाले पढ़िसके



Spread the love

सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटोसहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउन पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेगतर्फ जाने आउने सवारीसाधन पूर्णरूपमा प्रभावित भएका छन् । फोटो : सांकेतिक