नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई सर्पजस्तो बन्न निर्देशन दिएका छन् । एमाले कार्यकर्ता गड्यौलाजस्तो नभई सर्पजस्तो बन्नु पर्ने बताएका हुन् ।
‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ’, उनले भने, ‘कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न ।’