‘निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले व्यवस्था मिलाइसकेको छ’

 प्रधानमन्त्री     २०७९, १८ भाद्र शनिबार १४:४८     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाइसकेको बताएका छन्।

प्रजातान्त्रिक चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

उनले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएसँगै आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन कांग्रेस नेतृत्वको सरकारले आवश्यक व्यवस्था मिलाईसकेको बताए।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने गरी तयारी गर्न पनि आग्रह गरे।

त्यस्तै उनले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे। आवश्यक बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको निर्माण र स्वास्थ्य जनशक्तिको विकासका लागि विभिन्न कार्यक्रहरू आयोजना गरिएको उनले बताए।

कोरोना लगायतका महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको मुलुकको विकासका लागि ठूलो योगदान हुने उनको विश्वास छ।

उनले स्वास्थ्य सेवा महङ्गो हुँदा जनताले समयमा नै उपचार नपाई कष्कटर जीवन बिताउनुपर्ने भएकाले स्वास्थ्य सेवालाई सस्तो र सुलभ बनाउन जरुरी रहेको बताए।