धादिङको धुनिवेशी नगरपालिकामा समसामयिक विषयमा छलफल भएको छ । शहरी विकास मन्त्री मेटमणी चौधरी, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, धुनिवेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्य लगायत विच समसामयिक विषयमा छलफल भएको हो ।छलफलमा नगरप्रमुख आचार्यले समग्रमा नगरपालिकाको विकास, निर्माण तथा योजनाको बारेमा जानकारी गराएका थिए ।
नगरपालिकाको बारेमा जानकारी लिएपछि मन्त्री चौधरीले नगरपालिकाले गरेको कामको प्रशंसा गरेका छन् । सँघिय सरकारको तर्फबाट हुन सक्ने कामहरुमा आफ्नो तर्फबाट सहयोग रहने उनले बताएका छन् । मन्त्री चौधरीले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन लगायत दुईवटा सडकको टेन्डर खुलाउन पहल गर्ने बताएका छन् ।छलफलमा नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, पुर्व उपप्रमुख निरु खरेल लगायतको सहभागिता रहेको थियो ।