नारायणगढ–मुग्लिन सडक आठ घण्टा पछि पहिरो पन्छाएर खुल्यो

 संवाददाता    २०७९, १६ भाद्र बिहीबार १६:३१     108 जनाले पढ़िसके



Spread the love

चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो ।