आज पनि सुरू बयानका लागि उपस्थित भए चोलेन्द्र

 संवाददाता    २०७९, १६ भाद्र बिहीबार १३:१६     80 जनाले पढ़िसके



Spread the love

काठमाडौं, १६ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि महाभियोग सिफारिश समितिमा उपस्थित् भएका छन् ।

उनी उपस्थित् भएसँगै उनको आज दोस्रो दिनको बयान सुरु भएको छ । जबरा हिजोपनि बयानको लागि समितिको बैठकमा सरिक भएका थिए ।

हिजोको बयानमा उनले आफूमाथि लगाईएको महाभियोगको कुनै अर्थ नभएको र यसको औचित्य नै समाप्त भैसकेको स्पष्ट पारेका थिए ।

उनले आफूमाथि अन्याय भएको भन्दै न्याय मागेका थिए । सो क्रममा उनले अन्य न्यायाधीशहरु, बार, सर्वोच्च बारका पदाधिकारीमाथि पनि प्रश्न उठाएका थिए ।