एमालेले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो, को कहाँ ?

 एमाले     २०७९, १५ भाद्र बुधबार २०:४२     114 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौंका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको छ। बुधबार काठमाडौंका क्षेत्रीय कमिटीहरुले १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।
जिल्ला कमिटीका एक पदाधिकारीका अनुसार क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराई सिफारिस भएका छन् । जुन क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंह प्रमुख दाबेदार हुन् । यस्तै क्षेत्र नम्बर २ बाट मणीराम फुयाँल, ३ बाट कृष्ण राई, ४ बाट डा राजन भट्टराई र निर्मल कुइकेल उम्मेदवारका रुपमा सिफारिस भएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता गगन थापा प्रमुख दाबेदार भएको क्षेत्र हो।

यस्तै क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल, ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिना, ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त सिफारिस भएका छन् ।
यस्तै क्षेत्र नम्बर ८ बाट राजेश शाक्य तथा ९ बाट कृष्णगोपाल श्रेष्ठ, र अजय क्रान्ति शाक्यको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ७ बाट सिफारिस भएका विद्यासुन्दर शाक्यको नाम क्षेत्र नम्बर ९ बाट पनि सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र हिमेष केसीको नाम सिफारिस भएको छ । सिफारिसमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम सिफारिस भएको छैन । उनले चुनाव लड्न अनिच्छा देखाउँदै आएकी छन् । नेताहरुका अनुसार यो सिफारिसमा केही नाम अझै थपिने सम्भावना छ । सिफारिस भएको नाममध्येबाट एमालेले उम्मेदवार टुंगो लगाउनेछ ।