जनता समाजवादी पार्टी, नेपालको शेर्पालुङ राष्ट्रिय समिति बागमती प्रदेश गठन

 जनता समाजवादी     २०७९, १५ भाद्र बुधबार १८:३९     140 जनाले पढ़िसके



Spread the love

राजेश शेर्पा संयोजक रहेको समितिमा पासाङ शेर्पा, कामे शेर्पा र लोक शेर्पा सह संयोजक रहेका छन् । समितिको सदस्यहरुमा मसेली खत्री, आङदोर्जे शेर्पा, सोनाम शेर्पा, कविता तामाङ, आङ ग्याल्जेन शेर्पा, सुनिता थामी, आङफुटी शेर्पा, पासाङ शेर्पा र दोर्जे शेर्पा रहेका छन् ।
कठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित घोषणा कार्यक्रमका प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव, विशिष्ठ अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ थिए भने कार्यक्रममा राजनीतिक समिति सदस्यहरु कृष्ण घजु, लालबहादुर तामाङ, खगेन्द्र माखिम, लाक्पा शेर्पा लगायतका नेताहरुको उपस्थिति थियो ।