चोलेन्द्रविरुद्ध इमेलबाट मात्रै प्राप्त भए १५ सय पाना उजुरी

 संवाददाता    २०७९, १५ भाद्र बुधबार १६:०४     68 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वसाधारणले महाभियोग सिफारिश समितिमा सयौं उजुरी गरेका छन् ।

समितिले चोलेन्द्रविरुद्ध कुनै प्रमाण भए दिन भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

१५ सय पेज लामो उजुरीबाट केही प्रश्न बनाएको मियाँले बताए । बुधवार महाभियोग सिफारिश समितिमा उपस्थित जबराले जवाफ दिइरहेका छन् ।

चार घण्टा लामो बयानका क्रममा जबराले ५ औं प्रश्नको जवाफ टुंग्याएका छैनन् । ४३ वटा प्रश्न तयार भएकाले चोलेन्द्रको बयान आज नसकिने मियाँले बताए ।

बयानका क्रममा चोलेन्द्रले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्विकार गरेपछि आफूविरुद्ध महाभियोग ल्याइएको आरोप लगाए । उनले राजनीतिक दलको प्रेसरमा बारले आफूविरुद्ध आन्दोलन चर्काएको दाबी समेत गरे ।